एउटै कोठामा दाजुभाइ मृत फेला, भोलि मात्रै शव निकालिने

एउटै कोठामा दाजुभाइ मृत फेला, भोलि मात्रै शव निकालिने

बुटवल  । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।

मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए । उनीहरू बस्दै आएको घरमा घरधनी भने बस्ने गरेका थिएनन् ।

शव गन्हाइसकेकाले उनीहरुको दुई-तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । पोस्टमार्टमपछि मात्र उनीहरुको मृत्युको कारण खुल्ने डीएसपी पोखरेलले बताए ।

खबरपाटी
खबरपाटी

लोकप्रिय