नेपालका विपिन जोशी हमासकै नियन्त्रणमा छन् : आइडिएफ

नेपालका विपिन जोशी हमासकै नियन्त्रणमा छन् : आइडिएफ

काठमाडौं । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशी हमासकै नियन्त्रणमा रहेको जानकारी दिएको छ।

इसराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा जोशी हमासको नियन्त्रणमा रहेको उल्लेख गरिएको छ।

दूतावासका अनुसार आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी पनि रहेको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किब्बुज अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्।’

दूतावासले विपिनको खोजीकार्य जारी रहेको पनि जानकारी दिएको छ।

खबरपाटी
खबरपाटी

लोकप्रिय