फिफा विश्वकप छनोट : नेपाल युएईसँग पराजित

फिफा विश्वकप छनोट : नेपाल युएईसँग पराजित

काठमाडौं । २०२६ को फिफा विश्वकप र एसियाकप छनोटको दोस्रो चरणको समूहको पहिलो खेलमा नेपालले युएईसँग ४(० ले पराजित भएको छ। नेपाल विरुद्व पहिलो हाफमानै ४ गोलको अग्रता बनाएको युएईले दोस्रो हाफमा थप गोल गर्न असफल भयो।

युएईको दुबईमा भएको पहिलो खेलमा पहिलो हाफमा  युएईले नेपालमाथि एकपक्षीय आक्रमण गर्दै पहिलो हाफमै ४(० को फराकिलो अग्रता बनाएको थियो। तर दोस्रो हाफमा मैदानमा समालिएको नेपालले थप गोल खानबाट आफूलाई जोगाएपनि गोल फर्काउन भने सकेन।

युएइको जितमा खालिफा मुबारकले १० औं मिनेटमानै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ३६ औं मिनेटमा पेनाल्टीमार्फत कप्तान अलि अहमेदले दोस्रो गोल गर्दै टिमको अग्नता दोब्बर बनाए। ४५ औं मिनेटमा कप्तान अहमेदलेनै गोल गर्दा  टिमका लागि चौंथो गोल पहिलो हाफको इन्जुरी समयमा फाविनो फर्गिनोले गरेका थिए।

नेपालले यसअघि १९८४ मा भएको मैत्रिपूर्ण खेलमा नेपाल युएईसँग ११(० ले पराजित भएको थियो। त्यसयता नेपालको यो युएईसँग पहिलो खेल हो।

खबरपाटी
खबरपाटी