उपत्यकामा देउसीभैलोको समयसीमा हटाइयो, पटका र जुवातास निषेध

उपत्यकामा देउसीभैलोको समयसीमा हटाइयो, पटका र जुवातास निषेध

काठमाडौं उपत्यकामा रातभर देउसी र भैलो खेल्न पाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार तिहारको अवसरमा देउसी र भैलो खेल्न समय सीमा नतोकिएको हो । 

भक्तपुर र ललितपुरमा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको प्रजिअ बस्नेतको भनाइ छ । काठमाडौं उपत्यकामा एकै प्रकारको निर्णय भएको उनले बताए । 

देउसी र भैलोमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको बताउँदै प्रजिअ बस्नेतले आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी र भैलो खेल्न आग्रह गरे । काठमाडौं उपत्यकामा पटका र आतसबाजी पड्काउन चाहिँ निषेध गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर भुइँचम्पा, पटका र आतसबाजीजस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको हो । 

त्यस्तै, जुवातास र लंगुरबुर्जालगायत जुवाजन्य खेल खेल्न र खेलाउन कडाइ गरिएको प्रजिअ बस्नेतले जानकारी दिए । 

खबरपाटी
खबरपाटी

लोकप्रिय