दाङमा गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

दाङमा गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

 दाङ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका(७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।


बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए ।

मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं। २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।

खबरपाटी
खबरपाटी