तल्लो स्तरमा उत्रेर लोकतन्त्र र गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भइराखेको छ : प्रधानमन्त्री

तल्लो स्तरमा उत्रेर लोकतन्त्र र गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भइराखेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भइरहेको बताएका छन् । शनिबार पद्मरत्न तुलाधर पाँचौ स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रम बोल्दै उनले लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि तल्लो स्तरमा उत्रेर प्रश्न उठाउने दुस्साहस भइराखेको बताएका हुन् । 

विगत ७० वर्षमा नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीबारे जनतालाई बुझाउनुपर्ने आवश्यकता रहेको उनले बताए । 

एकथरि मान्छेहरूले विभिन्न कोणबाट तल्लो स्तरमा उत्रेर लोकतन्त्र र गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस गरेका छन्, उनले भने, लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहत भइराखेको छ । विगत ७० वर्षको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीबारे नेपाली जनतालाई बुझाउनुपर्ने आवश्यकता छ ।

खबरपाटी
खबरपाटी