एन्फाको विशेष साधारण सभामा कडा सुरक्षाबीच मतदान सुरु

एन्फाको विशेष साधारण सभामा कडा सुरक्षाबीच मतदान सुरु

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा उदघाटन सत्र नभई सिधै मतदान प्रक्रिया सुरु भएको छ ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका थिए ।


साधारणसभामा एन्फा अध्यक्ष नेम्वाङले विशेष साधारण सभामा बोलेपछि मुख्य एजेण्डा रहेको अविश्वासको प्रस्तावमाथि पनि छलफल हुनु अगाडि प्रस्तावकको तर्फबाट कर्माछिरिङ शेर्पा बोल्न खोजेका थिए । तर बोल्न नपाएपछि अविश्वासको प्रस्ताव लैजाने पक्षधरले नाराबाजी गरेका थिए ।

नाराबाजी र धकेलाधकेल भएपछि प्ररीले हस्तक्षेप गरेको सहभागी एक केन्द्रीय सदस्यले बताए । ‘प्रस्तावक  तर्फबाट बोल्ने भन्ने हिजो बेलुका सहमती भएको थियो तर अध्यक्ष नेम्वाङले पेलेर अगाडि बढ्न खोजपछि कर्माछिरिङ बाहिर निस्कनु भएको हो । अब केहीबेरमा फेरी मतदान हुन्छ,’ ती सदस्यले भने । हलभित्र हो–हल्ला भएपछि प्रहरी परिचालन गरेर अहिले मतदान सुरु हन लागेको उनले बताए ।

विशेष साधारणसभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिको समेत उपस्थिति रहने साधारणसभामा देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता छ । साधारणसभामा ए, बी र सी डिभिजन क्लबबाट पनि प्रतिनिधि सहभागी भएका छन् ।


 

खबरपाटी
खबरपाटी