डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

पेरिस । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले योङ ब्वाइजलाई मंगलबार ३–० ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । त्यसमा इर्लिङ हाल्यान्डले दुई गोल गरे । यससँगै उनले च्याम्पियन्स लिगका ३४ खेलमा गरेको गोल संख्या ३९ पुगेको छ ।

यो जितपछि सिटीको समूह ‘जी’ चार खेलबाट १२ अंक भयो । समूहको अर्को खेलमा आरबी लाइपजिगले रेड स्टार बेलेग्रेडलाई २–१ ले हरायो । उसको नौ अंक भएको छ र नकआउट चरण पुगेको छ ।

समूह ‘ई’ को शीर्षमा रहेको एटलेटिको म्याड्रिडले सेल्टिकलाई ६–० ले हरायो भने लाजियोले फायनउडमाथि १–० को महत्त्वपूर्ण जित हात पार्‍यो । समूह ‘एफ’ भने खुल्ला रहेको छ । त्यसमा बोरुसिया डर्टमन्डले न्युकासल युनाइटेडलाई २–० ले हरायो र सात अंकमा शीर्षमा रह्यो ।

अर्को खेलमा एसी मिलानले पीएसजीलाई २–१ ले हरायो । पीएसजीको छ अंक छ भने उसको पछाडि मिलानको पाँच र न्युकासलको चार अंक छ । समूह ‘एच’ मा साख्तर डोनेस्कले बार्सिलोनालाई १–० ले हरायो ।

हारका बावजुत बार्सिलोना नौ अंकमा सबैभन्दा अगाडि छ । एफसी पोर्टोले अर्को खेलमा रोयल एनट्रपलाई २–० ले पराजित गर्‍यो । पार्टोको पनि यो जितपछि नौ अंक भएको छ । साख्तर छ अंकमा तेस्रोमा छ ।
 

खबरपाटी
खबरपाटी