तुरुन्त एक्सनमा उत्रिएका समाजसेवी डाक्टर रुपक घिमिरे

भुकम्पलगत्तै जाजरकोटका जनताहरु त्रसित देखिन थाले । जनजिवन अस्तव्यस्त हुन पुग्यो ...

तुरुन्त एक्सनमा उत्रिएका समाजसेवी डाक्टर रुपक घिमिरे

काठमाडौँ । जाजरकोट जिल्लाको रमिडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गयो । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । भुकम्प गए लगत्तै पुरै देश अस्त व्यस्त भयो । उक्त भुकम्प भारतको दिल्लीदेखि राजधानी काठमाडौँसम्म महसुश भयो । भूकम्पमा परी १ सय ५७ जनाको मृत्यु भयो । जाजरकोट भूकम्पमा घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुग्यो । 

भुकम्पलगत्तै जाजरकोटका जनताहरु त्रसित देखिन थाले । जनजिवन अस्तव्यस्त हुन पुग्यो । मध्यरातमा गएको भुकम्पले मानिसहरुमा मानसिकदेखि भौतिक पिडाहरु उत्पन्न हुन थाले । उता सरकार छलफल जस्ता गतिविधिहरुमा व्यस्त रहँदा यता वरिष्ठ डर्माटोलोजिष्ट डा. रुपक घिमिरेको टिम भने तुरुन्त एक्सनमा उत्रिएर जाजारकोट पुगेका थिए । जाजरकोटको नलगाड गाउँपालिका पुगेर ५० थान ओड्ने कम्मल, २५ किलो फलफुल २०० जनालाई पुग्ने अत्यावश्यक औषधीहरु, १५ कार्टुन रियल जुस, चाउचाउ, विस्कुट जस्ता तयारी खानाहरु तुरुन्त वितरण गरेका थिए । सरकार जस्तो संवेदनशिल अंग एक्सनमा कसरी जाने भन्ने अन्यौलताका बिच डा. रुपक घिमिरेले आफ्नो व्यक्तित खर्चमा एम्बुलेन्स समेत भाडामा लिएर पठाएका थिए । शुक्रबार राती भुकम्प गएपछि शनिबार र आइतबार हेल्थ क्याम्प समेत सञ्चालनमा ल्याएका थिए । राहतको रकम थोरै देखिएता पनि तुरुन्त एक्सनमा गएको कारण जनताहरुले केहि हदसम्मको राहत महशुश गरेको उनकै टिम मेम्बर डा. बिक्की कुमार पटेलले खबरपाटीलाई जानकारी गराए । 

डा. रुपक घिमिरे नेपाल मेडिकल काउन्सीलका सक्रिय सदस्य समेत हुन् । काठमाडौँमा थुप्रै डाक्टरहरु छन् तर टेलिभिजन र पत्रिकामा बोलेर प्रभावित क्षेत्रको दुख कम हुँदैन । ठाउँमै तुरुन्त पुगेर एक्सन लगिहाल्ने डा. रुपक घिमिरे समाजका एक उदाहारण पात्र हुन् । डाक्टर भएर पनि कुनै घमण्ड नबोकि आफुले सकेको सहयोग तुरुन्त गरेका डा. रुपक साच्चै नेपाली समाजमा एक समाजसेवी हुन् । डा. रुपक घिमिरेको नेतृत्वमा काठमाडौँबाट डा. बिक्की कुमार पटेल, नेपालगञ्जबाट डा. राहुल कुर्मी, डा. सुवास जी, डा. वर्मा जी र नुतन आचार्य रहेका थिए ।

खबरपाटी
खबरपाटी