काठमाडौंबाट दोलखाको ११ किलो सुन प्रकरणमा थप एक जना पक्राउ

काठमाडौंबाट दोलखाको ११ किलो सुन प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना महिलालाई  पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार काठमाडौंबाट महिमा माझीलाई पक्राउ गरेको हो।

सोमबार पक्राउ परेकी महिलालाई मंगलबार थप अनुसन्धानका लागि दोलखा पठाइएको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

दोलखा जिल्ला प्रहरी कार्यालयले उक्त महिलालाई पक्राउ गर्न पत्राचार गरेको थियो, त्यसैले पक्राउ गरेका हौं,उनले भने,उनको भूमिकाबारे हामीलाई थाहा छैन।


बैंकिङ कारोबारमा उनको संलग्नता देखिएपछि पक्राउ गर्न पत्राचार गरिएको  जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेश कुमार यादवले जानकारी दिए।

खबरपाटी
खबरपाटी