राष्ट्रपति पौडेललाई चिनियाँ राष्ट्रपति सीले  पठाए समवेदना सन्देश

राष्ट्रपति पौडेललाई चिनियाँ राष्ट्रपति सीले  पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्।

कर्णालीको जाजरकोटस्थित रामीडाँडा केन्द्र बनाएर शुक्रबार राति ११स्४७ मा गएको भूकम्पले ठूलो मानवीय क्षति पुर्‍याएको छ। 

यसबारे थाहा पाउँदा आफू स्तब्ध भएको भन्दै राष्ट्रपति चिनफिङले राष्ट्रपति पौडेललाई शनिबार समवेदना सन्देश पठाएको काठमाडौंस्थित चिनियाँ राजदूत चेन सोङले जानकारी दिएका छन्।

चिनियाँ जनता र चिनियाँ सरकारको तर्फबाट राष्ट्रपति सीले मृतकप्रति श्रद्धाञ्जली, मृतक परिवारप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

राष्ट्रपति पौडेल र वर्तमान सरकारले भूकम्पबाट कठिनाइसँग जुधेर पीडितका घरहरू छिटो पुननिर्माणको काम थाल्नेमा विश्वस्त रहेको उनले बताए।

चीनले नेपाललाई आवश्यक विपद् सहायता उपलब्ध गराउन चाहेको पनि जनाएका छन्। 

यस्तै चिनियाँ प्रधानमन्त्री ली छियाङले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका छन्।

शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र पश्चिम रूकुममा गरी एक सय ५७ जनाको मृत्यु भएको छ। दुई सय जनाभन्दा बढी घाइते भएका छन्।  
 

खबरपाटी
खबरपाटी