भूकम्पमा घाइते भएकी सशीलालाई ३३ घन्टापछि हेलिकप्टरबाट उद्धार गरियो

भूकम्पमा घाइते भएकी सशीलालाई ३३ घन्टापछि हेलिकप्टरबाट उद्धार गरियो

काठमाडौं । भूकम्पमा आफ्नै घरले थिचेर दुवै खुट्टा नचल्ने भएकी जाजरकोट, छेडागाड–७ कि सशीला रोकायको ३३ घन्टापछि उद्धार भएको छ।

उनी शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा केन्द्र गरी गएको ६।४ म्याग्नेच्युडको भूकम्पमा घरभित्र थिचिएकी थिइन्। 

उनको आइतबार बिहान हेलिकप्टरमार्फत् उद्धार भएको नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए।

‘घरले थिचेकाले उहाँको दुवै गोडा चल्दैनन्। घाइते भएको ठाउँसम्म एम्बुलेन्स पुग्न नसकेकाले उद्धार हुन सकेको थिएन। अहिले बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी नेपालगञ्ज ल्याएको छ,’ गाउँपालिका अध्यक्ष खड्काले बताए।

सरकारले भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रूपमा तोकेको छ।

खबरपाटी
खबरपाटी