आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । भूकम्प प्रभावित रूकुम पश्चिम गएको नेपाली सेनाको हेलिकप्टर चौरजहारीमा अवतरण गर्न नसकी सुर्खेत पुगेको छ।
शनिबार मेडिकल टिम र उद्धार टोली लिएर गएको सेनाको २ वटा हेलिकप्टर चौरजहारी विमानस्थलमा अवतरण गर्न नसक्दा सुर्खेत डाइभर्ट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले जानकारी दिए।
मौसमको खराबीका कारण एमआइ(१७ र स्काई ट्रक अवतरण गर्न नसकेको प्रवक्ता भण्डारीले जानकारी दिए। मौसम खुलेपछि जहाज फेरि त्यसतर्फ जाने उनले बताए।
त्यस्तै भूकम्पका घाइतेहरूको उद्धारका लागि गएको नेपाल वायुसेवा निगमको जहाज पनि मौसमकै कारण चौरजहारी विमानस्थलमा अवतरण गर्न नसकेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
निगमको जहाज सल्ले विमानस्थलमा अवतरण गरेको उनले बताए।