आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाल आयल निगमले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिँदा लाग्ने हवाई इन्धनको खर्च व्यहोर्ने भएको छ।
निगमले विज्ञप्ति निकाल्दै भूकम्प प्रभावित क्षेत्रमा राहत उद्धारमा खटिएका नेपाल एअरलाइन्स र नेपाली सेनाको हवाई जहाज तथा हेलिकप्टरमा प्रयोग हुने इन्धन खर्च व्यहोर्ने जनाएको हो।
‘भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि खटिएका नेपाल एअरलाइन्स र नेपाली सेनाका हवाई जहाज तथा हेलिकप्टरमा खपत हुने हवाई इन्धन वापतको रकम नेपाल आयल निगमले आफ्नो आर्थिक वर्ष २०८०र८१ को संस्थागत उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।