प्रधानमन्त्री प्रचण्ड भूकम्पका घाइतेहरू भेट्न ‍जाजरकोट अस्पताल पुगे

प्रधानमन्त्री प्रचण्ड भूकम्पका घाइतेहरू भेट्न ‍जाजरकोट अस्पताल पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन्।

जिल्ला अस्पताल जाजरकोट पुगेर उनले घाइतलेहरूलाई भेटेका हुन्। गएरातीको भुकम्पमा परि जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

प्रधानमन्त्रीसँगै वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको र तत्काल उपलब्ध केहि राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाईएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

गृहमन्त्रालयले पनि प्रभावित जिल्ला मात्र नभई आसपासका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि उद्दार र राहतमा सहभागी बन्न निर्देशन दिइसकेको छ।

खबरपाटी
खबरपाटी