पहाडी भेगमा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

पहाडी भेगमा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार  हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो देशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

खबरपाटी
खबरपाटी