आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सेयर बजारको ओरालो यात्रा बुधबार पनि जारी रह्यो । ५.८३ अंकले नेप्से परिसूचक घटेर १८५८ अंकमा झरेको छ । कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार बढेको छ । मंगलबार ५७ करोड १४ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएकोमा बुधबार ८१ करोड २० लाख रुपैयाँ बराबरको भएको छ । ६८ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ८ को स्थिर रह्यो ।
सबैजसो उपसमूहका सूचक घटेका छन् । बैंकिङ ०.२४, विकास बैंक १३.८०, फाइनान्स ६, होटल तथा पर्यटन ४७, जलविद्युत् ९, जीवन बीमा ३८, उत्पादन ४८, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा ३५, अन्य ३ र व्यापार उपसमूह १४ अंक घटे । सयपत्री हाइड्रोपारको मूल्य ९.३ प्रतिशत बढ्यो । हिमालयन लघुवित्तको ८.५, रावा इनर्जीको ७.५ तथा घलेम्दी हाइड्रोको ३.७ प्रतिशत मूल्य बढ्यो ।