बंगलादेशमाथि पाकिस्तानको जीत, सेमिफाइनल सम्भावना जीवितै

बंगलादेशमाथि पाकिस्तानको जीत, सेमिफाइनल सम्भावना जीवितै

भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा बंगलादेशमाथि सहज जीत निकाल्दै पाकिस्तानले सेमिफाइनल सम्भावना जीवितै राखेको छ ।

मंगलवार राति सकिएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटको भारी अन्तरले हराउँदै सेमिफाइनल सम्भावना कायमै राखेको हो ।

यस जीतले पाकिस्तान ६ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । सहभागी १० मध्ये ४ टोलीले सेमिफाइनलमा स्थान बनाउँछन् । अब बाँकी २ खेलमा सुखद नतिजा निकाले र अन्य समीकरण पनि मिले पाकिस्तान सेमिफाइनलमा पुग्नेछ ।बंगलादेशले दिएको २०५ रनको झिनो लक्ष्य पाकिस्तानले ३२.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानका लागि फकर जमान र अब्दुल्लाह शफिकले अर्धशतकीय पारी खेले जमानले सर्वाधिक ८१ तथा शाफिकले ६८ रन बनाए ।

कप्तान बाबर आजम भने ९ रनमै आउट भएका थिए ।

मोहम्मद रिजवान र इफ्तिकर अहमदले अविजित क्रमशः २६ र १७ रन जोडेपछि पाकिस्तानले लक्ष्य भेट्टाएको हो ।

बंगलादेशका मेन्दी हसन मिराजले सर्वाधिक ३ विकेट लिए ।

यसअघि कोलकातामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४५.१ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो । 

बंगलादेशका लागि महमुदुल्लाहले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५६ रन बनाएका थिए ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी र मोहम्मद वासिमले सर्वाधिक ३–३ विकेट लिएका थिए ।  

  

खबरपाटी
खबरपाटी