संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन्।

महासचिव गुटेरेसले अपराह्न ४ बजे बस्ने संसदको संयुक्त बैठकमा सम्बोधन गर्नेछन्।

गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेकाले सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

संयुक्त बैठकमा उपस्थित हुँदा सांसदहरूलाई औपचारिक पोसाक लगाउन पनि भनिएको छ।


महासचिव गुटेरेसको सम्बोधनपछि उनलाई संसदले धन्यवाद ज्ञापन गर्नेछ।

खबरपाटी
खबरपाटी