महासचिव गुटरेसले गरे फेवातालमा डुंगा सयर

महासचिव गुटरेसले गरे फेवातालमा डुंगा सयर

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पोखराको फेवातालमा डुंगा सयर गरेका छन् । उनले सोमबार साँझ तालमा डुंगा सयर गरेका हुन् । तालमा रहेको मोटरबोट चढेर उनले तालको परिक्रमा गरे । 

यसअघि उनले पोखरा २२ पुम्दीभुम्दीमा निर्माण गरिएको विशाल महादेवको मूर्ति अवलोकन गरे । त्यहाँबाट उनले पोखरालाई घेरेको हिमश्रृंखला हेरेर फर्किएका हुन् । गुटरेस मंगलबार बिहान सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण बेसक्याम्प जाने कार्यक्रम छ । 

जलवायु परिवर्तनको असरबारे बुझ्न र प्रत्यक्ष अनुभव गर्न उनी एविसी जान लागेका हुन् ।

खबरपाटी
खबरपाटी