महोत्तरीबाट स्रोत नखुलेको १३ लाखसहित भारतीय पक्राउ

महोत्तरीबाट स्रोत नखुलेको १३ लाखसहित भारतीय पक्राउ

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढÞf बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् । उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो ।

बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १ ३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

खबरपाटी
खबरपाटी