आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले नेपाललाई १४६ रनको विजयी लक्ष्य दिएको हो ।
नेपालविरुद्ध पहिले ब्याटिङमा उत्रिएको सिंगापुरका कप्तान अरित्र दत्त, अमार्त्य कउल र अनन्थ कृष्ण शून्यमा आउट भएका थिए । त्यस्तै रोहन रंगराजनले ४६ रन बनाए भने मनप्रित सिंहले २४ र आर्यवीर चौधरीले ३७ रन बनाउँदा अक्षय पुरी १३ रनमा नटआउट रहे । त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ६, जनक प्रकाशले ७, थिलिप थिललप्पन १ रन बनाउँदा रमेश कालिमुथु १ रनमा नटआउट रहे ।
नेपालका लागि अविनास बोहराले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले २/२ विकेट हात पारे । आज सोमपाल कामीले कुनै पनि विकेट लिन सकेनन् । नेपालका केसी, कामी, बोहरा, लामीछाने र झाले समान ४/४ ओभर बलिङ गरेका थिए ।
आईसीसी टी-२० विश्वकप एसिया फाइनलको छनोटअन्तर्गत आज भएको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको थियो ।