कप्तान पौडेल भन्छन् , सन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भयो

कप्तान पौडेल भन्छन् , सन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भयो

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछानेको पुनरागमनसँगै टिम ब्यालेन्स भएको बताएका छन् ।

भोलिदेखि काठमाडौंमा सुरु हुने टी(२० विश्पकपको एसिया छनोटमा नेपालले सिंगापुरसँग खेल्नेछ । खेलको अघिल्लो दिन त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए ।


कप्तान पौडेलले थपे, ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’

नेपाली टिममा पाँच जना बलर छन्, कसलाई नखेलाउने भन्ने दुविधा हुन्न भन्ने प्रश्नमा उनले कन्डिसनअनुसार प्लेइङ-११ बारे निर्णय लिने बताएका छन् ।

खबरपाटी
खबरपाटी