हिमाली भूभागमा हिमपात र  पहाडी भूभागमा वर्षाको सम्भावना

हिमाली भूभागमा हिमपात र  पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।


देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

खबरपाटी
खबरपाटी