महिलामाथि दुर्व्यवहार आरोपित हुम्लाका प्रहरी प्रमुख निलम्बित

महिलामाथि दुर्व्यवहार आरोपित हुम्लाका प्रहरी प्रमुख निलम्बित

वीरेन्द्रनगर - गम्भीर आरोप लागेपछि कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । मदिरा सेवन गरेर महिला प्रहरीलाई दुर्व्यवहार गरेको उजुरीपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

महिलामाथि दुर्व्यवहार आरोपित हुम्लाका प्रहरी प्रमुख निलम्बित

भट्टराईलाई केही दिनअघि नै हुम्लाबाट कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको थियो । उनलाई जिम्मेवारीबाट हटाएर हाल उनको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले बताएको छ ।

यसअघि पनि भट्टराई विभागीय कारबाहीमा परेका थिए ।

२०७७ वैशाखमा इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा उनको जिम्मेवारी खोसिएको थियो।

खबरपाटी
खबरपाटी