त्रिकोणात्मक सिरिजः हङकङ र यूएईबीचको खेल आज

त्रिकोणात्मक सिरिजः हङकङ र यूएईबीचको खेल आज

काठमाडौँ – नेपालमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आज हङकङ र यूएईबीच खेल हुँदैछ ।

हङकङ र यूएईबीचको खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

सिरिजअन्तर्गत लिग चरणको यो अन्तिम खेल हो । सिरिजमा यूएईले तीनमध्ये १ खेलमा जित हात पार्दा एक खेलमा पराजय भोगेको छ ।यता हङकङले खेलेका अघिल्ला तीनवटै खेलमा पराजय भोगेको छ । नेपालविरुद्धको फाइनल खेल्न हङकङलाई आज उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।

यूएईले यसअघि हङकङलाई पराजित गरेका कारण फाइनलमा पुग्ने सम्भावना बलियो । नेपाल भने चारवटै खेल जितेर फाइनलमा पुगिसकेको छ ।

खबरपाटी
खबरपाटी