विजया दशमीको दिन काठमाडौंमा नेपाल प्रहरीको निःशुल्क बस (रुट सहित)

विजया दशमीको दिन काठमाडौंमा नेपाल प्रहरीको निःशुल्क बस (रुट सहित)

काठमाडौं । नेपाल प्रहरीले आज कार्तिक ७ गते मंगलवार अर्थात विजयादशमीका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरीले दुई भिन्न रुटमार्फत उपत्यकाबासीलाई टिकाको दिन निःशुल्क बसको सुविधा दिएको हो ।

नेपाल प्रहरीले अहिले बिहान ८ः३० बजेदेखि साँझ ४ बजेसम्मका लागि यो सुविधा उपलब्ध गराइने जनाएको छ ।

विजया दशमीको दिन टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतको भनाइ छ ।

अहिले बिहान ८ः३० बजेदेखि साँझ ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ अस्पताल, महाराजगञ्ज चक्रपथहुँदै जावलाखेल र लगनखेल भएर फेरि नक्साल आउने छ भने अर्को बस नक्सालहुँदै एयरपोर्ट, भक्तपुर, सल्लाघारी, सुर्यविनायकहुँदै पुनः नक्साल आउने छ ।

सशस्त्र प्रहरी बल नेपालले पनि उपत्यकामा सार्वजनिक यातायातका साधन कम चलेको अवस्थालाई मध्यनजर गर्दै तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । दुई वटा रुटमा महाअष्टमीदेखि विजयादशमीको दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।

दुई वटा रुटमा बिहान साढे ८ बजेदेखि साँझ ६ बजेसम्म गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन भइरहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवम प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले नेपाल जानकारी दिएका छन् ।

खबरपाटी
खबरपाटी