एसीसी यू–१९ प्रिमियर कपः उपाधिका लागि भिड्न नेपालले पायो यूएई प्रतिद्वन्द्वी, फाइनल मंगलवार

एसीसी यू–१९ प्रिमियर कपः उपाधिका लागि भिड्न नेपालले पायो यूएई प्रतिद्वन्द्वी, फाइनल मंगलवार

एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि फाइनलमा भिड्न नेपालले यूएई प्रतिद्वन्द्वी पाएको छ । 
जापानलाई हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि यूएईलाई प्रतिद्धन्दी पाएको हो ।


फाइनल खेल मलेसियाको क्लालाम्पुरस्थित बायुमास ओवलमा नेपाली समयअनुसार मंगलवार बिहान सवा ७ बजे हुनेछ । 
शनिबार भएको खेलमा यूएईले सिंगापुरलाई १० विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । 
दुवै खेल वर्षाले प्रभावित बन्दा नेपालले जापानको यू–१९ टिमलाई १४३ रनको अन्तरले हराएको थियो ।

नेपालले समूह चरणमा साउदी अरब, बहराइन र इरानलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा नेपाल अपराजित टोली हो । 

नेपाल र यूएई फाइनल प्रवेश गरेसँगै यू–१९ एसिया कपका लागि छनोट भएका छन् । 

सिंगापुर र जापानले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली पनि एसिया कपमा छनोट हुनेछ ।

खबरपाटी
खबरपाटी