पाल्पामा जिप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

पाल्पामा जिप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

आइतबार पाल्पामा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाल्पाको रानीमहलनजिकै आइतबार बागमती प्रदेश ०१- ०२६ च ७२०९ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । तानसेन नगरपालिकाअन्तर्गतको बैकुण्ठे भीरमा उक्त जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको जिप सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल अफ्ठेरो ठाउँमा रहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका बारेमा पूर्ण विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

खबरपाटी
खबरपाटी