गुफामा भेटियो घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी ७ वर्षीया बालिकाको शव, घटना शंकास्पद

गुफामा भेटियो घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी ७ वर्षीया बालिकाको शव, घटना शंकास्पद

रमा खेलिरहेको अवस्थामा हराएकी भोजपुरकी एक ७ वर्षीया बालिकाको शव भेटिएको छ । भोजपुरको आमचोक गाउँपालिका-६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृति शुक्रबार घरैबाट हराएकी थिइन् ।

तीनै ७ वर्षीया आकृति घरनजिकैको जङ्गलको गुफामा फेला परेकी हुन् । बालिकाको शव गुफाको पानीमुनि भेटिएको हो ।

बालिकाको तल्लो भागको कपडा खोलिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । सोहीकारण घटना शंकास्पद देखिएको जनाइएको छ ।

बालिका हराएको सूचना पाएपछि प्रहरीले सोही ठाउँका दीपचन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । उनैको बयानका आधारमा आज बिहान शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटना शंकास्पद रहेकाले थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

खबरपाटी
खबरपाटी