कुन-कुन प्रदेशमा छ पानी पर्ने सम्भावना : यस्तो छ आजको मौसम .

कुन-कुन प्रदेशमा छ पानी पर्ने सम्भावना : यस्तो छ आजको मौसम .

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

खबरपाटी
खबरपाटी