चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ।
स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।
बुधबार राति हृदयघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो।
श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फार्क्सनु भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखाु मा अवरोध देखिएको अस्पतालले जनाएको छ।
उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ुस्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै स्टेन्टु राखिएको समेत राखिएको थियो।
तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन ९बीआरएफ०मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो।