नेपालको कसिलो बलिङमा हङकङ ९४ रनमै समेटियो

नेपालको कसिलो बलिङमा हङकङ ९४ रनमै समेटियो

काठमाडौं । नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय सिरिजमा हङकङविरुद्ध उत्कृष्ट बलिङ गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमै समेटियो। नेपाल केही समयपछि ९५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिने छ।

सिरिजको जारी दोस्रो खेलमा नेपालले हङकङविरुद्ध सानदार प्रदर्शन गरेको हो। मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि करण केसीले सानदार बलिङ गरे।

हङकङका लागि यसिम मुर्तजाले ३६ रन बनाउनु सर्वाधिक रह्यो। उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

खानले गरेको १ छक्का उसको इनिङमा एकमात्र छक्काका रूपमा रह्यो। थप दोहोरो स्कोरका रूपमा जेसन अलीले १७ रन बनाएका थिए। अन्य कुनै पनि खेलाडीले दोहोरो रनमा स्कोर बनाउन सकेनन्।

नेपालका लागि करण केसीले कसिलो बलिङ गर्दै ४ विकेट लिँदा सोमपाल कामी र अभिनाश बोहराले समान २(२ विकेट लिएका थिए। त्यस्तै, कुशल मल्ल र मौसम ढकालले समान १ १ विकेट लिए।

यसअघि सिरजको पहिलो खेलमा बुधबार नेपालले युएईलाई ७ विकेटले हराउँदै सानदार सुरुवात गरेको थियो।

खबरपाटी
खबरपाटी