चीन पुगेका गृहमन्त्री श्रेष्ठ आईसीयूमा

चीन पुगेका गृहमन्त्री श्रेष्ठ  आईसीयूमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् । चीन भ्रमणमा रहेका उनलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना गरिएको हो ।

गृहमन्त्री श्रेष्ठलाई हृदयाघात भएको बताइएको छ । उनलाई ‘माइल्ड हर्ट अट्याक’ भएको उनका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

प्रेस सल्लाहकार गिरीका अनुसार श्रेष्ठको मुटुको एउटा भल्ब ‘ब्लक’ भएको थियो । त्यसको अपरेसन गरेर स्टील राखिएको चिकित्सकलाई उद्धृत गर्दै उनले बताए ।

अपरेसनपछि गृहमन्त्री श्रेष्ठ आईसीयूमा उपचाररत र अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी गराएको पनि उनले बताए ।

खबरपाटी
खबरपाटी