जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न मुस्ताङलाई ५० करोड दिने प्रधानमन्त्रीको घोषणा

जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न मुस्ताङलाई ५० करोड दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न मुस्ताङका लागि झण्डै ५० करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

बुधबार मुस्ताङ पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको क्षति रोक्नका लागि एक अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुन लागेको उक्त रकम मुस्ताङ जिल्लालाई उपलब्ध गराउने घोषणा गरेका हुन् ।

जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको उनले बताए ।


 

खबरपाटी
खबरपाटी