प्रधानमन्त्री प्रचण्ड मुस्ताङ प्रस्थान, जलवायु परिवर्तनको असरबारे स्थानीयसँग अन्तरक्रिया गर्ने

प्रधानमन्त्री प्रचण्ड मुस्ताङ प्रस्थान, जलवायु परिवर्तनको असरबारे स्थानीयसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान मुस्ताङ प्रस्थान गरेका छन् । 

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न  प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन् । 


सो क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । 

खबरपाटी
खबरपाटी