कोशीका मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओलीलाई

कोशीका मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओलीलाई

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

शनिबार मुख्यमन्त्री नियुक्त भएपछि कार्की काठमाडौं आएका थिए। कार्कीले बालकोटस्थित निवासमा पुगेर एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन्।

भेटमा मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीलाई एमालेसँग आफूले गरेको सहमतिमा धोका नदिने बताएको ओलीनिकट एमालेका एक नेताले सेतोपाटीलाई जानकारी दिए।


मुख्यमन्त्री कार्कीले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग निवासमै पुगेर भेटेका थिए। कार्की कांग्रेस नेता शेखरनिकट मानिन्छन्। शेखरले नै अडान लिएपछि कोशीमा कार्की मुख्यमन्त्री भएका थिए। 


कोशीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर उनीहरू शनिबार प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा खनाखत गर्न गएका थिएनन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच गठबन्धनलाई कायमै राख्ने सहमति शनिबार बिहान बालुवाटारमा भएको थियो।

खबरपाटी
खबरपाटी