पोखरामा प्याराग्लाइडिङ पुनः सुरु, पर्यटन व्यवसायी उत्साहित

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु, पर्यटन व्यवसायी उत्साहित

कास्की । पोखरामा प्याराग्लाइडिङको उडान आइतबारदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका(१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो ।

पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ गत पुस १७ देखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सुरक्षाको कारण देखाउँदै सराङकोटबाट बन्द गरिएको थियो । विमानस्थल सञ्चालनपछि यसको भविष्यलाई लिएर पर्यटन क्षेत्रमा चिन्ता व्यक्त हुँदै आएको थियो ।

त्यसपछि तत्कालका लागि पोखरा(२४ मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ उडान थालिएको थियो । सराङकोट र तोरीपानीबाट बन्द भएको उडान नौ महिनापछि पुनः तोरीपानीबाट थालिएकामा यहाँका व्यवसायी उत्साहित बनेका छन् । 

खबरपाटी
खबरपाटी