नेपालले दियो इरानलाई ३५४ रनको लक्ष्य, देव खनालको सानदार शतक

नेपालले दियो इरानलाई ३५४ रनको लक्ष्य, देव खनालको सानदार शतक

काठमाडौँ । यू १९ एसीसी प्रिमियर कपमा नेपाली युवा टोलीले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको हो । 

नेपालका लागि कप्तान देव खनालले सानदार शतक प्रहार गरे । उनी शतक हानेलगत्तै आउट भएका थिए । ६० बल खेलेका उनले १२ चौका र चार छक्का प्रहार गरे । 

यो देवको दोस्रो शतक हो । उनले गत फागुमा आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १२५ रनको शतकीय इनिङ खेलेका थिए । 

यस्तै नेपालका लागि दीपक डुम्रेले ६९ रन बनाए भने दीपक बोहराले ६५ रन बनाए । हेमन्त धामीले २३ र सुवास भण्डारीले १८ रन बनाए । यस्तै आकाश चन्दले १९ रन बनाए । 

इरानका लागि ड्याड्रम्या रैइसी र सलमान निज्मतले तीनरतीन विकेट लिए ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । 

शीर्ष तीन टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् ।

खबरपाटी
खबरपाटी