काठमाडौँ । ५ दिन पछि मौसममा सुधार आएपछी आज रामेछापको मन्थलीबाट लुक्लाको उडानहरु सुचारु भएका छन । ५ दिनदेखि रामेछापमा अलपत्र परेका पर्यटक हरु लुक्ला हुँदै आफ्नो गन्तव्य तर्फ जान पाउँदा निक्कै खुसी भएका छन । लगातार ५ दिन सम्म लुक्लाको मौसम नखुल्दा लुक्ला हुने उडान ठप्प थियो ।
पर्यटक मौसम शुरु भए संगै बिगतमा काठमाडौं बाट लुक्लाका लागि हुँने गरेको उडानहरु केहि बर्ष देखि रामेछाप बाट हुँदै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप लुक्ला उडानका लागि आवश्यक पुर्बाधारहरु बनाए संगै उडानहरु सहज भएको छ र थप सुधारका काम हरु हुँदै आएका छन । लुक्लाबाट उडान गर्ने वायुसेवा कम्पनीहरुले रामेछाप र लुक्लामा तत्कालका लागि ब्यगेज एक्सरे मेसिनको माग गरेका छन ।
हाल यी बिमानस्थलहरुमा एक्सरे मेसिन नहुंदा ब्यागेज तथा सरसामान हरु हातैले खानतलासी गर्नु परेको छ, यसले गर्दा समय बढी लाग्ने र पर्यटकले मिलाएर ल्याएका सामान पुन प्याक गर्नु पर्दा झन्झटिलो हुने गरेको छ ।यस बिमानस्थल बाट तारा, समिट र सिता एअरले उडान गर्दै आएका छन ।
सफा मौसममा दैनिक ४० भन्दा बढी उडान हुने गरेको लुक्ला बिमानस्थलमा आज तारा एअरले १५ वटा उडान गर्ने तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । ५ दिनदेखी मौसममा सुधार नहुँदा उडान हुन पाएका थिएनन, केहि पर्यटकहरु फाप्लुको उडान मार्फत हिंडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्रमा लागेका थिए भने कगि हेलिकप्टर मार्फत उडान गरि गन्तव्य तर्फ लागेका थिए आज मौसम खुले संग उडान सहज भएको छ । हाम्रो जहाज तथा जनशक्ति सबै मन्थली बिमानस्थलमै थिए आज बिहानै देखि उडानहरु सुचारु भैइरहेका छन ।