इजरायलको युद्ध क्षेत्रमा फसेका नेपालीको उद्धार थालियो

इजरायलको युद्ध क्षेत्रमा फसेका नेपालीको उद्धार थालियो

काठमाडौँ । इजरायल र प्लालेस्टानइबीच युद्ध ग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार थालिएको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायली सुरक्षा संयन्त्रको पहलमा युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार थालेको हो । 

दूतावासले एक विज्ञप्ति जारी गर्दै युद्ध भइरहेको क्षेत्रका कृषि फार्फमा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्न थालेको जनाएको छ । केही विद्यार्थीहरुको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा जारी रहेको दूतावासले जनाएको छ । 

त्यस्तै किवुज अलुमिम भन्ने स्थानमा मृत्यु भएका १० जना नेपालीहरुको शव फिर्ता गर्नका लागि इजरायल सरकारसँग समन्वय तथा सहकार्य सुरु गरिएको जनाएको छ । त्यस्तै ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेका र दुई जना तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइएको दूतावासले जनाएको छ । 

सम्पर्कबिहिन एक जनाको खोजी कार्य गर्न प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तीव्र गरिएको जनाएको छ ।  

त्यस्तै स्वदेश फर्किन चाहने नेपालीहरुका लागि अनलाइन आवेदन खुला गरिएको जनाएको छ । अनलाइन रजिष्ट्रेशन सुरु भई हालसम्म २०० भन्दा बढीले आवेदन भरेका छन् ।

खबरपाटी
खबरपाटी