माओवादी सांसद लेखनाथ दाहालको ‘राजा’ शब्द संसदको रेकर्डबाट हटाउन माग

माओवादी सांसद लेखनाथ दाहालको ‘राजा’ शब्द संसदको रेकर्डबाट हटाउन माग

काठमाडौँ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको रेकर्डबाट राजा शब्द हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने बताउँदै राजेन्द्र लिङदेनले राजा शब्द प्रयोग गरेकोले संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् । 

उनले भने– ‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा । यो संघीय गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।’   उनले महंगी र कालोबजारी बढेको भन्दै बजार अनुगमन गर्न सरकारलाई आग्रह गरे ।

खबरपाटी
खबरपाटी