धवलशमशेर जबराको नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल

धवलशमशेर जबराको नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन्

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उनले भने, ‘सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जबासीहरुलाई अनुरोध गर्दछु ।’


उनले सरकारलाई हिंसाका घटनालाई नियन्त्रणमा लिन समेत आग्रह गरेका छन् । साइबर क्राइमलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन उनको माग छ ।

‘सरकारलाई अनुरोध छ– हिंसाको घटनाहरु तुरुन्तै कन्ट्रोलमा ल्याउनुपर्यो । यो सबैको जड मोबाइल हो । साइबर क्राइमलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनुप¥यो ।’

स्थानीय प्रशासनले सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै बाँकेको नेपालगञ्जमा कर्फ्यू  लगाएको छ ।

खबरपाटी
खबरपाटी