राप्रपाले गर्‍यो केन्द्रीय सदस्य पनेरू लगायतलाई अनुशासन कारबाही

राप्रपाले गर्‍यो केन्द्रीय सदस्य पनेरू लगायतलाई अनुशासन कारबाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले केन्द्रीय सदस्य नवराज पनेरू (राजु) लगायतलाई अनुशासनको कारबाही गरेको छ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी हित र स्वार्थमा आघात पुग्ने गरी अनुशासनहीन कार्य गरेको भन्दै झापाका पनेरूसहितलाई कारबाही गरेको हो।

यस्तै मोरङ जिल्ला कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

खबरपाटी
खबरपाटी