पोखरा उडेका दुई जहाज अवतरण नै नगरी पुन काठमाडौं फर्किए

पोखरा उडेका दुई जहाज अवतरण नै नगरी पुन काठमाडौं फर्किए

काठमाडौं । मौसमको खराबीका कारण काठमाडौंबाट पोखरा उडेका दुई विमान पुन काठमाडौं नै फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेका विमान मौसम खराबीका कारण अवतरणमा समस्या देखिएपछि पुन काठमाडौं नै फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार आज बिहान पोखरा उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान अवतरण नगरी काठमाडौं फर्किएका हुन् ।

पोखरमा बाक्लो कुहिरो लागेका कारण अवतरणमा समस्या भएको कार्यालयका एक कर्मचारीले बताए । उनका अनुसार दुई जहाज काठमाडौं फर्किएपछि त्रिभुवन विमानस्थलमा केहीबेर उडान र अवतरण प्रभावित भएको थियो । 

खबरपाटी
खबरपाटी