दोलखाको लामाबगरबाट थप चार केजी सुन बरामद

दोलखाको लामाबगरबाट थप चार केजी सुन बरामद

काठमाडौं । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरबाट चार केजी सुन बरामद भएको छ।

प्रहरीले आइतबार चार केजी सुन बरामद गरेको हो।

गत बुधबार र शुक्रबार दोलखाबाट करिब सात केजी सुन बरामद भएको थियो।

‘यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा थप सुन बरामद भएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘थप अनुसन्धान गर्दैछौं।’

खबरपाटी
खबरपाटी