मूल्य वृद्धिप्रति आपत्ति जनाउँदै रास्ववाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

मूल्य वृद्धिप्रति आपत्ति जनाउँदै रास्ववाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेलाएको बैठक बहिष्कार गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे बालुवाटारमा बस्ने गरी सात दलको बैठक बोलाएका छन् । 

चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले मूल्यवृद्धि गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गर्ने लामिछानेले जानकारी दिए ।

‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धि प्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे  जानकारी दिनेछौँ,’ उनले भने ।

खबरपाटी
खबरपाटी