एमाले बागमतीमा अन्तिम नामावली प्रकाशित ९ बजे, मतदान भोलि

एमाले बागमतीमा अन्तिम नामावली प्रकाशित ९ बजे, मतदान भोलि

काठमाडौँ । एमाले बागमती प्रदेशको मतदान शुक्रबार बिहान ८ बजे बाट केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ । त्यसका लागि बिहीबार ८ बजेसम्म उम्मेदवारी फिर्ता  लिने समय तोकिएको छ । 

साथै सहमतिमा उम्मेदवार बनाउने प्रयास जारी राख्ने नेता शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

यसअघि पटक पटक मतदानको कार्यसूची सर्दै आएको छ । अध्यक्षका लागि चुनावी मैदानमा कैलाश  ढुंगेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ केशवबहादुर बुढाथोकी रहेका छन् । अन्तिम समयमा वर्तमान केशवप्रसाद पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् ।

खबरपाटी
खबरपाटी