एकैदिन प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेचर ?

एकैदिन प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेचर ?

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ।

अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।


मंगलबार चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

खबरपाटी
खबरपाटी