ठाकुरबाबा नगरपालिकामा पर्यटन दिवस मनाउन भोलि सार्वजनिक बिदा

ठाकुरबाबा नगरपालिकामा पर्यटन दिवस मनाउन भोलि सार्वजनिक बिदा

बर्दिया । ठाकुरबाबा नगरपालिकाले असोज १० गते ४४औं विश्व पर्यटन दिवस मनाउन सार्वजनिक बिदाको घोषणा गरेको छ । पालिकाका मातहातका सबै कार्या

लय र शिक्षण संस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले जनाए ।

ठाकुरबाबा नगरपालिका, पर्यटन परिषद्, लुम्बिनीको आयोजनामा ठाकुरद्वारा—९ मा पर्यटन दिवस मनाउन लागिएको हो । ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले बाघमात्र होइन सांस्कृतिक र प्राकृतिक हिसाबले पनि बर्दिया पर्यटकीय क्षेत्रका रुपमा चिनाउनु रहेको बताएका छन् । बर्दियाका होमस्टे, पर्यटकीय क्षेत्र र प्राकृतिक वातावरणलाई प्रचारप्रसार गर्नु प्रमुख उद्देश्य रहेको छ,’ उनले भने, ‘बर्दिया राष्ट्रिय निकुञ्ज मूल गन्तव्यसहित बर्दियालाई चिनाउनु हो ।’

प्रदेश तथा जिल्लास्थित सरोकारवालासहित ३६ सदस्यीय मूल समिति गठन गरिएको जनाए ।

खबरपाटी
खबरपाटी